विकास क्षेत्रको अवधारणा अनुसार क्षेत्रीय कार्यालयहरुको स्थापना गर्ने उद्धेश्य अनुरुप क्षेत्रीय वन निर्देशनालय, सुर्खेतको स्थापना बि.सं. २०४० सालमा भएको हो । नेपालका पाँच विकास क्षेत्रहरु मध्ये मध्यपश्चिमान्चल विकास क्षेत्र एक हो । यस क्षेत्रमा कर्णाली अंचलका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट गरी ५ जिल्ला तथा राप्ती अंचलका रुकुम, रोल्पा, सल्यान, प्यूठान र दांग गरी ५ जिल्ला र भेरी अंचलका बाँके, बर्दिया, सुर्खेत, जाजरकोट तथा दैलेख गरी ५ जिल्ला रहेका छन् । ३ अंचल तथा १५ जिल्लाहरु रहेको यस क्षेत्रको क्षेत्रीय सदरमुकाम सुर्खेतमा रहेको छ । तराई, भित्री मधेश, पहाडी तथा हिमाली जिल्लाहरुको संगम रहेको यस क्षेत्र भौगोलिक…
वृस्तितमा पढ्नुहोस